चन्द्रागिरि–७ मा निःशुल्क आँखा शिविर, २ सय ६३ परीक्षणमा ६९ जनामा मोतिविन्दु
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ७ सिमचौरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । चन्द्रागिरि–७ नम्बर वडा कार्यालयको आयोजना तथा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा भएको शिविरमा २ सय ६३ जनाले आँखा जाँच गराएको वडा सदस्य भुवनकुमार केसीले जानकारी दिनुभयो । जसमध्ये ६९ जनामा मोतिविन्दु देखिएको केसीले जानकारी दिनुभयो ।
शिविरमा सर्वसाधारणका लागि निःशुल्क आँखा परीक्षण, औषधि वितरण तथा परामर्श सेवा उपलब्ध गराइएको थियो । शिविरमा आएका बिरामीमध्ये मोतिबिन्दुको समस्या पहिचान भएका बिरामीका लागि वडा कार्यालयको आर्थिक सहयोगमा निःशुल्क शल्यक्रियाको व्यवस्था गरिएको केसीले जानकारी दिनुभएको छ ।
आँखासम्बन्धी समस्या भएका स्थानीय बासिन्दालाई लक्षित गरी आयोजना गरिएको शिविरमा स्वास्थ्यकर्मी तथा विशेषज्ञमार्फत् आँखा परीक्षण र आवश्यक परामर्श प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?