काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवास्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्नुभएको छ । राष्ट्रपति पौडेलले रसुवागढी, टिम्मुरे, घट्टेखोला, स्याफ्रुबँेसी, हाकुबँेसी, मैलुङ, कैदलटार, पैहे्रबँेसी, बेत्रावती तथा माथिल्लो त्रिशूली थ्री ‘ए’ र ‘बी’लगायत बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको हो ।
अवलोकनपछि राष्ट्रपति पौडेलले सदरमुकाम धुन्चेमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे तथा नेपाली सेनाको ६ नम्बर वाहिनीपति उज्ज्वल विक्रम राणासँग प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार र राहतका कार्यका विषयमा जानकारी लिनुभयो । त्यस क्रममा उहाँले खोजी, उद्धार र राहतका कार्यक्रमलाई थप प्रभावकारीसहित निरन्तरता दिन निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच, रसुवा बाढीपछि जिल्लाका विभिन्न क्षेत्रबाट १६९ वटा शव संकलन गरी व्यवस्थापनका लागि नुवाकोटमा पठाइएको जानकारी दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?