काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान सकिने गरी खोलिएको ‘ट्र्याक’ फराकिलो बनाउन थालिएको छ । पहिरोले सडक भासिएपछि अवरुद्ध रहेको सडक सञ्चालन गर्ने तयारीस्वरूप माथिल्लो भागमा रुख कटान र झाडी फाँड्ने काम गरी ट्र्याक खोलिएको हो ।
नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिमखण्डका अनुसार पहिरो गएको स्थानमाथिबाट निरन्तर काम गरेपछि डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिएको छ । माथितिर भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ गर्ने, ग्रेडिङ मिलाउने, डिजाइनअनुसार पहिरो व्यवस्थापन गर्ने लगायतका धेरै काम बाँकी रहेको आयोजनाले जनाएको छ ।
अगामी भदौ मसान्तसम्ममा सर्वसाधारणका सवारी सञ्चालन गर्न मिल्ने गरी तीव्र गतिमा काम गरिएको पनि आयोजनाले जानकारी दिएको छ । नयाँ सडक खोल्ने काम निर्माण कम्पनी शर्मा–जेडआइभी जेभीले गरेको छ । मुख्य सडकबाट करिब २० मिटर अग्लो र ३५० मिटर लामो ट्र्याक खोलिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?