काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नपा–८ जिलिङ जोड्ने गरेर देवीघाटमा नेपाली सेनाको टोलीले एक्रोब्रिज जडान गरिरहेको छ ।
भोटेकोशी नदीको बाढीले उक्त स्थानमा रहेका दुई पक्कि पुल बगाएसँग सेना मार्फत पुरानै पुलको जिप उपभोग गरेर ५७.५ मिटर लम्बाई र ५.५ मिटर चौडाईको ७० टन भारवाहन क्षमताको एक्रोब्रिज जडान थालिएको हो ।
पाँच दिनभित्र पुलको निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?