काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका सहिदहरुको सम्झनामा सिंहदरबारको संसद भवन परिसरमा शालिक शिलान्यास गरिएको छ ।
आइतबार विहान गरिएको शालिक शिलान्यास कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल जेनजी सहिदकी आमा एवम् रास्वपा सांसद रचना खतिवडालगायतको उपस्थितिमा शालिक शिलान्यास गरिएको हो ।
कार्यक्रममा भौतिक पूर्वाधार मन्त्री लम्सालले सरकार जेनजी युवाहरुको चाहना र भावनाअनुरुप काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
उहाँले जेनजी आन्दोलनका सपना र अपेक्षा पूरा गर्ने दिशामा सरकार अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?