चण्डिका श्रेष्ठको उद्धारले हामी अझै डटेर खोजी तथा उद्धारमा लागिरहेका छौँ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री बालेन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको विदुर–१०, बेत्रावतीमा बाढी गएको ११औँ दिन ६४ वर्षीया चण्डिका श्रेष्ठको जीवित उद्धारले सिंगो देशमा आशा जगाएको बताएका छन्।
शनिबार राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री शाहले चण्डिका श्रेष्ठको उद्धारले खोज तथा उद्धारमा राज्य अझै निरन्तर सक्रिय रहेको सन्देश दिएको उल्लेख गरेका छन्।
उनका अनुसार सरकारले यसअघि पनि चण्डिका श्रेष्ठकै उमेर समूह र त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिसकेको छ। उनले बाढीका बेला कतिपय ज्येष्ठ नागरिकले आफ्ना नातिनातिनालाई जोगाउन कठिन परिस्थितिमा समेत असाधारण साहस देखाएको बताएका छन्।
प्रधानमन्त्री शाहले ज्येष्ठ नागरिकलाई आफूहरू एक्लो नभएको महसुस गर्न आग्रह गर्दै जीवनको कठिन अवस्थामा राज्य र सरकार साथमा रहेको बताएका छन्। उनले ज्येष्ठ नागरिकलाई कहिल्यै अलपत्र नछोड्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?