काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये १९३ जनाको शव त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको छ । तीमध्ये २४ जनाको पहिचान गरी परिवार तथा आफन्तको जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।
अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा. गोपाल चौधरीले ल्याइएका शवमध्ये १७४ वटाको परीक्षण पूरा भइसकेको जानकारी दिनुभयो ।
अस्पतालमा ल्याइएका शवमध्ये १५१ शव र अन्य १० शवका विभिन्न अंगसहित कुल १६१ शवको व्यवस्थापन गरिएको डा. चौधरीले बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?