त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार गरिएका दुईमध्ये एकको अवस्था जटिल
काठमाडौं । रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका दुई जनामध्ये कबीर महर्जनको अवस्था जटिल रहेको छ भने सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
दोस्रो चरणमा उद्धार गरिएका महर्जनलाई यसअघि नै छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार भइरहेको छ । उहाँको अवस्था जटिल रहेको जनाइएको छ ।
पहिलो चरणमा उद्धार गरिएका साहको अवस्था भने सामान्य र स्थिर रहेको छ । थप स्वास्थ्य परीक्षणका लागि उहाँलाई पनि वीरेन्द्र सैनिक अस्पताल, छाउनी ल्याइँदै छ ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र विज्ञसहितको संयुक्त टोलीले आज बिहान सुरुङभित्र फसेका दुवै जनाको उद्धार गरेको हो ।
बाढीपछि आयोजनाको सुरुङभित्र मानिस फसेको आशंका गरिएसँगै उद्धार टोलीले घटनालगत्तैदेखि निरन्तर खोज तथा उद्धार प्रयास गर्दै आएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?