१० दिनपछि त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई कर्मचारीको जीवितै उद्धार
काठमाडौं । भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका दुई कर्मचारीको १० दिनपछि जीवितै उद्धार गरिएको छ ।
नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले उद्धार गरिएको संजय साह र कवीर महर्जन रहेको जनाएका छन् । सेनाको नेतृत्वमा परिचालित उद्धार टोलीले दुवै जनालाई आज सुरुङबाट बाहिर निकालेको हो ।
उद्धार गरिएका साह र महर्जनको स्वास्थ्य परीक्षण भइरहेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?