चन्द्रागिरि–२ को सहयोगमा अलपत्र चालक र सहचालकलाई नागढुंगामा खानाको व्यवस्था
काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. २ को सहयोगमा चन्द्रागिरिको नागढुंगामा अलपत्र परेका सवारी साधनका चालक र सहचालकलाई खाना खुवाएको छ ।
काठमाडौंको लाइफ लाइन सडक नागढुंगा नौविसे सडकखण्डको नागढुंगामा पहिरो गएर सडक अवरुद्ध भएपछि अलपत्र परेका गाडीका चालक र सहचाललाई वडा नं. २ को आर्थिक सहयोगमा नागढुंगा प्रहरी प्रभाग र नागढुंगा युवा क्लबले खानाको व्यवस्थापन गरेको हो ।
बिहीबार बिहान अलपत्र परेको करिव ७० जना चालक र सहचालकलाई खाना खुवाइएको वडा नं. २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिनुभएको छ । अलपत्रलाई खाना खुवाउने कार्यक्रम राखिए पनि ग्यास अभाव भएपछि वरपर भएका दाउरा संकलन गरेर खाना बनाइएको कार्यबाहक वडा अध्यक्ष लवराम सुवेदीले जानकारी दिनुभयो ।
यस्तै, सडक सञ्चालन नभएसम्म अलपत्र परेकालाई प्रत्येक दिन विहान र बेलुकाको खाना व्यवस्था गरिएको वडा सदस्य अनिता गिरी बस्नेतले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?