काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी जवान साजन कुँवरका परिवारसँग भेट गरी श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्नुभएको छ ।
महानिरीक्षक पौडेलले नुवाकोटको लिखु गाउँपालिका–१ बरफेदीस्थित कुँवरको घरमा पुगेर परिवारजनप्रति सहानुभूति प्रकट गर्नुभएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँले बाढीमा परी बेपत्ता सशस्त्र प्रहरी सहायक हवल्दार आशिष पौडेलका परिवारसँग पनि भेट गर्नुभएको छ । भेटका क्रममा महानिरीक्षक पौडेलले आशिषसहित बाढीमा सम्पर्कविहीन भएका सबै सशस्त्र प्रहरी कर्मचारीको खोजी तथा उद्धारका लागि संगठन निरन्तर परिचालित रहेको बताउनुभयो ।
रसुवामा आएको बाढीपछि सशस्त्र प्रहरी बलका १३ जना कर्मचारी सम्पर्कविहीन भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?