चित्लाङ–चन्द्रागिरि सडकमा पहिरो हटाइयो, भासिएको सडकले जोखिम कायमै
काठमाडौं । चित्लाङ–चन्द्रागिरि सडकअन्तर्गत गणेशमान मार्गमा खसेको पहिरो पन्छाइएको छ । पहिरो पन्छाइए पनि सडक भासिनुका साथै विभिन्न स्थानमा चिरा परेपछि जोखिम भने कायमै रहेको छ ।
गणेशमान मार्गको पहिरो खसेको स्थानमा पहिरो हटाएर आवतजावत सहज बनाइएको छ । तर ठूलोचौर हुँदै माथिल्लो क्षेत्रतर्फ केही स्थानमा सडक भासिएको, चिरा परेको तथा सडक संरचनामा क्षति पुगेको अवस्था रहेको जनाइएको छ ।
सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रु तथा सवारी चालकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । अत्यावश्यक कामबाहेक हाललाई उक्त सडकखण्डमा यात्रा नगर्न र यात्रा गर्नैपर्ने भए सडकको अवस्था बुझेर सुरक्षित तथा अत्यन्त सावधानीपूर्वक मात्र यात्रा गर्न अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?