काठमाडौं । नापी कार्यालय डिल्लीबजार ३ नं. नापी टोली माछापोखरी, काठमाडौँका टोली प्रमुख नापी अधिकृत डिल्ली बहादुर वली पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल पत्र भूमि प्रशासन कार्यालय, मनमैजु काठमाडौँमा पठाउनको लागि अनावश्यक सास्ती दुःख हैरानी दिइ घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगले टोलीले उनलाई पक्राउ गरेको हो ।
आयोगका अनुसार वलीले नौ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित काठमाडौं टोखा नगरपालिका वडा नं. ५ बसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट भदौ ३१ गते नियन्त्रणमा लिइएको र असोज १ गते (आज) विशेष अदालतको आदेशबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप भइ अनुसन्धान कार्य अगाडि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?