काठमाडौं । गुल्मीमा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।
कालीगण्डकी गाउँपालिका–४ भाङखर्क निवासी ६५ वर्षीय फटिकबहादुर पुनको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार आज बिहान पैदलयात्रा गर्ने क्रममा अचानक सडकबाट करिब १५० मिटर तल खस्दा पुनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । अहिले घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?