काठमाडौं । चन्द्रागिरि नगरपालिका–६ ले रसुवालगायत विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा प्राकृतिक विपदबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।
वडा अध्यक्ष सञ्जय सिग्देलको अध्यक्षतामा बसेको वडा समितिको बैठकले वडा अध्यक्ष तथा सम्पूर्ण वडा सदस्यहरूले प्राप्त गर्ने भाद्र महिनाको सेवा सुविधा र आर्थिक वर्ष २०८३÷०८४ को बजेटमा विनियोजित चालु कार्यक्रमबाट पाँच लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
वडा कार्यालयले बाढी तथा पहिरोका कारण मानवीय जनधनको क्षति हुनुका साथै घर, सडक, पुल, विद्यालय, खानेपानी, विद्युत् लगायतका भौतिक संरचनामा पुगेको क्षतिप्रति दुःख व्यक्त गरेको छ । विपद्बाट प्रभावित तथा पीडित परिवारलाई राहत, उद्धार र पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम कोषमा जम्मा गर्न लागिएको वडा अध्यक्ष सञ्जय सिग्देलले बताएका छन् । सम्बन्धित कोषमा रकम जम्मा गरी आवश्यक प्रक्रिया अघि बढाउन चन्द्रागिरि नगरपालिकासमक्ष सिफारिससमेत गरिएको अध्यक्ष सिग्देलले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?