नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा आजदेखि टोल शुल्क, कुन सवारीले कति तिर्नुपर्छ ?
काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज (कात्तिक १५) देखि सडक उपभोग दस्तुर अर्थात् टोल शुल्क तिर्नुपर्ने भएको छ । सुरुङमार्ग निर्माण आयोजनाले सवारीसाधनको प्रकार र काठमाडौं प्रवेश तथा बाहिरिने दिशाका आधारमा फरक–फरक शुल्क निर्धारण गरेको छ ।
आयोजनाले कात्तिक १२ गते सार्वजनिक सूचना जारी गर्दै नयाँ शुल्कदरबारे जानकारी गराएको हो । नेपाल राजपत्रमा २०८२ चैत २६ गते प्रकाशित सूचनाअनुसार सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट दस्तुर संकलन गर्न लागिएको आयोजनाले जनाएको छ ।
निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र काठमाडौं बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनिबस तथा मिनिटिपर÷ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ ।
त्यस्तै, बस तथा सिंगल रियर एक्सल भएका ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ । मल्टी एक्सल ट्रक, अन्य ठूला सवारीसाधन तथा भारी उपकरणका लागि भने प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौं बाहिरिँदा २५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
सवारीसाधनअनुसार टोल शुल्क
सवारीसाधनको प्रकार : कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा हलुका सवारी
काठमाडौं प्रवेश : रु. ६५
काठमाडौं बाहिरिँदा : रु. ६०
मिनिबस तथा मिनिटिपर-ट्रक
रु. ११५, रु. ८०
बस तथा सिंगल रियर एक्सल ट्रक
रु. २६०, रु. २००
मल्टी एक्सल ट्रक तथा भारी उपकरण
रु. ६००, रु. २५०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?