काठमाडौं । बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको छ । गत वर्षको विजयादशमीको तुलनामा यस वर्ष दुर्घटना कमी आएको हो ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगरका अनुसार यस वर्ष विजयादशमी अर्थात् असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म १ सय २५ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १५ जनाको मृत्यु भएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।
२०८२ को दसैँमा बागमती प्रदेशका १० जिल्लामा सोही समयमा १ सय ३५ वटा दुर्घटना भएका थिए । ती दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको थियो भने सो वर्ष भएका दुर्घटनामा परी ३ सय ३२ जना घाइते भएका थिए । यस वर्षमा भएको दुर्घटनामा परी २ सय ९३ जना घाइते भएको तथ्यांक छ ।
यस वर्ष चार्डपर्वको समयमा सिन्धुलीमा सुमो दुर्घटना हुँदा ठूलो क्षति भएको प्रहरीले जानकारी दिएको छ । सो दुर्घटनामा परेका तीन जना अझै बेपत्ता छन् । यस वर्षको दसैँमा काभ्रेपलान्चोकमा बढी दुर्घटना भएको छ । ट्राफिक प्रहरीका अनुसार यस वर्षको दसैँको समयमा ९८ वटा दुर्घटना मोटरसाइकलका कारण भएको छ । ती दुर्घटनामा परी आठ जनाको ज्यान गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?