चन्द्रागिरि नगरपालिकामा नगर प्रहरीका ३ पदमा रोजगारीको अवसर
काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरी सेवामा करारमा पदपूर्ति गर्न ३ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । नगरपालिकाले नगर प्रहरी निरीक्षकमा १ जना र नगर प्रहरी सहायक निरीक्षकमा २ जना माग गरेको हो ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीद्वारा हस्ताक्षतिर सूचनाअनुसार दुवै पद खुला प्रतिस्पर्धामार्फत पूर्ति गरिनेछ । नगर प्रहरी निरीक्षक पदका लागि स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ भने नगर प्रहरी सहायक निरीक्षकका लागि प्रमाणपत्र तह (ंद्द) वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने नेपालीले बताउनु भएको छ ।
उमेरको हकमा नगर प्रहरी निरीक्षकका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र सहायक निरीक्षकका लागि ३० वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत नेपालीले जानकारी दिनुभयो ।
आवेदकले नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, कार्य अनुभवसम्बन्धी कागजातलगायत आवश्यक प्रमाणपत्र पेस गर्नुपर्नेछ । साथै, सूचनामा उल्लेख गरिएका शारीरिक मापदण्ड तथा अन्य सर्तसमेत पूरा गरेको हुनुपर्ने पनि बताइएको छ ।
नगरपालिकाले दरखास्त दिने अन्तिम मिति २०८३ मंसिर २ गते तोकेको छ । इच्छुक तथा योग्य उम्मेदवारले चन्द्रागिरि नगरपालिकाको कार्यालय, बलम्बु, काठमाडौंमा दरखास्त पेस गर्न सक्नेछन् । पदपूर्ति प्रक्रिया, आवश्यक योग्यता र अन्य विस्तृत जानकारी नगरपालिकाको आधिकारिक वेबसाइट धधध।अजबलमचबनष्चष्mगल।नयख।लउ बाट प्राप्त गर्न सकिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?