चन्द्रागिरिको महिमा आवासनजिक सवारी दुर्घटना, एक महिला गम्भीर घाइते
काठमाडौं । चन्द्रागिरि नगरपालिका चेकपोस्टस्थित महिमा आवासनजिक मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छन् ।
तीब्र गतिमा रहेको बागमती प्रदेश ०२–०६५प ३१२६ नम्बरको मोटरसाइकलले बागमती प्रदेश ०२–०५५प ८८७४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिला गम्भीर घाइते भएको ट्राफिक प्रहरी कार्यालय थानकोटले जानकारी दिएको छ ।
मंगलबार दिउँसो करिव साढे तिन बजेतिर भएको दुर्घटनामा घाइते महिलालाई उपचारका लागि अस्पताल लगिएको प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ ।
दुर्घटनामा परेका दुबै मोटरसाइल र स्कुटरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?