काठमाडौं । नेपाल इतिहास संघद्वारा प्रकाशित हिसान जर्नल इतिहासविद् महेशराज पन्तलाई हस्तान्तरण गरिएको छ ।
सीएमसी प्रेस डट कमका प्रधान–सम्पादक रवीन्द्र रिजालले इतिहासविद् पन्तलाई उहाँकै निवास पुगेर जर्नल हस्तान्तरण गर्नुभएको हो । पन्तलाई इतिहाससँग सम्बन्धित अनुसन्धानात्मक लेखहरु भएकोले सन् २०२३, २०२४ र २०२५ मा प्रकाशन गरिएको हिसान जर्नल पुस्तक हस्तान्तरण गरिएको हो ।
जर्नल प्राप्त गरेसँगै धन्यवाद दिंदै पन्तले लेखहरुको अध्ययन गरी समीक्षात्मक धारणा दिने जानकारी दिनुभयो । जर्नलमा ऐतिहासिक दृष्टिकोणबाट लेखिएको लेखहरु रहेका छन् । नेपाल इतिहास संघको मुखपत्रको रुपमा परिचित हिसान जर्नलमा मुख्यत इतिहास, संस्कृतिका लेखहरु समावेश गरिएको छ ।
पुस्तकमा अनुसन्धानात्मक कार्यमा लागेका व्यक्ति र व्यक्तित्वका साथै विद्यावारिधिका स्करलरहरुको समेत लेखहरु समावेश गरिएको छ । नेपाल इतिहास संघले प्रत्येक वर्ष विभिन्न लेखकहरुको अनुसन्धानात्मक लेखहरु समावेश गरी जर्नल प्रकाशन गर्दैआएको छ ।
सीएमसी प्रेस डट कमका प्रधान–सम्पादक रिजाल नेपाल इतिहास संघका पूर्वकेन्द्रीय सदस्य समेत हुनुहुन्थ्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?