सांसद यमुदादेवी श्रेष्ठले गरिन महाँकाल भैरव र कामाक्ष देवीको दर्शन
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० (ख) की प्रदेशसभा सदस्य यमुदादेवी श्रेष्ठले चन्द्रागिरि नगरपालिका–७ स्थित महाँकाल भैरव र कामाक्ष देवीको दर्शन गरेकी छन् । बडादशैँ तथा नवदुर्गा पूजाको अवसरमा उनले परिवारका सदस्यसहित मन्दिर पुगेर पूजाआजा गरेकी हुन् ।
सांसद श्रेष्ठ प्रत्येक वर्ष बडादशैँका अवसरमा परिवारसहित महाँकाल भैरव र कामाक्ष देवीको दर्शन गर्न पुग्ने गर्छिन् । कामाक्ष देवीप्रति आफ्नो विशेष आस्था रहेको उल्लेख गर्दै उनले अन्य समयमा पनि मन्दिरमा आएर दर्शन गर्ने गरेको बताइन् ।
विशेषगरी नवदुर्गा भवानीको पूजाका बेला देवीको दर्शनलाई प्राथमिकता दिने गरेको उनको भनाइ छ । मन्दिरमा पुगेर पूजाआजा गर्दा मनमा सकारात्मक ऊर्जा र शक्ति प्राप्त भएको अनुभूति हुने तथा आफूले चिताएका मनोकामना पूरा भएको विश्वास रहेको उनले बताइन् । धार्मिक आस्थाका कारण महाँकाल भैरव र कामाक्ष देवीको दर्शन आफ्नो नियमित परम्परा बनेको उल्लेख गर्दै श्रेष्ठले प्रत्येक वर्ष यहाँ आएर पूजा गर्ने गरेको जानकारी दिइन् ।
चन्द्रागिरि नगरपालिका–७ मा अवस्थित महाँकाल भैरव र कामाक्ष देवीको मन्दिर स्थानीय धार्मिक आस्थासँग जोडिएका स्थल हुन् । बडादशैँ तथा नवदुर्गा पूजाका अवसरमा देवीदेवताको दर्शन, पूजाआजा र आशीर्वाद ग्रहण गर्न भक्तजन मन्दिर पुग्ने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?