काठमाडौं । मकवानपुरको थाहा नगरपालिका–१०, चित्लाङस्थित न्हुलगाउँमा परम्परागत चम्पाकेश्वर महादेवको जात्रा आज आयोजना हुँदैछ । प्रत्येक वर्ष कात्तिक १ गते मनाइने यो जात्रा स्थानीय धार्मिक आस्था र सांस्कृतिक परम्परासँग जोडिएको महत्त्वपूर्ण पर्व हो ।
जात्रामा स्थानीय भक्तजन तथा श्रद्धालुहरूको सहभागिता रहने गर्दछ । पुस्तौँदेखि निरन्तर चल्दै आएको यस परम्पराले चित्लाङ क्षेत्रको मौलिक संस्कृति, धार्मिक विश्वास र सामुदायिक एकतालाई जीवन्त राख्न योगदान पुर्याउँदै आएको छ ।
चम्पाकेश्वर महादेवको जात्रा स्थानीय समुदायको सांस्कृतिक पहिचानसँग अभिन्न रूपमा जोडिएको छ । यस्ता परम्परागत जात्राले ऐतिहासिक सम्पदाको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति र परम्परासँग परिचित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?