काठमाडौं । नेपालको इतिहास, संस्कृति र प्राचीन ज्ञानसम्बन्धी पुस्तक तथा अनुसन्धान सामग्रीमा रुचि राख्ने पाठकका लागि संशोधन–मण्डलले पुस्तक मेला सुरुभएको छ ।
संस्थाको प्रकाशन यात्राले ७४ वर्ष पूरा गरेको अवसरमा असोज २५ देखि ३० गतेसम्म डल्लु आवासमार्गस्थित कार्यालयमा मेला संचालन भएको हो । संस्थाका अध्यक्ष महेशराज पन्तले संशोधन मण्डलले प्रकाशित गरेका पुस्तक र बाहिरबाट छापिएका संशोधन मण्डलका पुस्तकहरु मेलामा राखिएको बताउनु भयो ।
उहाँले मेलामा इतिहास, संस्कृति, ज्योतिष, ऐतिहासिक चिनालगायतका पुस्तकहरु राखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?