देशको विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावले देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित वर्षा हुने सम्भावना रहेको छ । केही स्थानमा असिना तथा हिमपातसमेत हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
महाशाखाले आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने र राति कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको बताएको छ ।
वर्षासँगै चट्याङ, हुरी र हिमपातको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । किसान तथा सर्वसाधारणलाई मौसमसम्बन्धी पछिल्लो सूचना नियमित रूपमा लिन र सम्भावित जोखिमबाट बच्ने उपाय अपनाउन अनुरोध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?