काठमाडौं । असोज १८ गते । नेपाली कांग्रेसले पार्टीका ज्येष्ठ सदस्य एवं प्रजातन्त्र सेनानी मथुराप्रसाद श्रेष्ठलाई सम्मान गरेको छ ।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रका क्रममा आइतबार खुलामञ्चमा आयोजित कार्यक्रममा पार्टी सभापति गगनकुमार थापाले श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।
गुल्मीको तम्घास निवासी ९४ वर्षीय श्रेष्ठले २००७ चैत २६ गते १८ वर्षको उमेरमा तत्कालीन पार्टी सभापति मातृकाप्रसाद कोइरालाबाट कांग्रेसको सदस्यता लिएका थिए । श्रेष्ठ पार्टीको सबैभन्दा पुरानो सदस्यका रूपमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?