नेपाली कांग्रेसको १५औं महाधिवेशन सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आइतबारदेखि काठमाडौँमा सुरु भएको छ । ‘परम्पराको सम्मान र परिवर्तनको संकल्प समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित सुरु भएको महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताको सहभागिता रहेको छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गमलामा रहेको बिरुवामा पानी हालेर महाधिवेशनको उद्घाटन गरेका छन् । उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव शंकर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेता सहभागी भएका छन् ।
उद्घाटन सत्रमा विभिन्न वक्ताले धारणा राख्ने क्रम जारी छ । महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मंगलबार हुने छ भने महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम असोज २१ र २२ गते तोकिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?