आज राति १२ बजेदेखि संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को २०८३ असोज १३ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको हो । अधिवेशन आज (शुक्रबार) राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जारी गरेको विज्ञप्तिमार्फत अधिवेशन अन्त्यको जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?