सार्वजनिक सवारीमा अब अग्निनियन्त्रक यन्त्र अनिवार्य, मापदण्ड पूरा नगरे कारवाही
काठमाडौं । सार्वजनिक सवारीमा हुने सम्भावित आगलागी र दुर्घटनाको जोखिम घटाउन काठमाडौं उपत्यका ट्राफिक प्रहरीले अग्निनियन्त्रक यन्त्र अनिवार्य गर्ने तयारी गरेको छ । रुट परमिट, चालकको क्षमता, आवश्यक कागजात र सवारीको अवस्थासँगै सुरक्षा उपकरणको समेत नियमित जाँच गरिने भएको छ ।
विद्युतीय समस्या, इन्धन चुहावट वा अन्य प्राविधिक कारणबाट सवारीमा जुनसुकै बेला आगलागी हुनसक्ने भएकाले प्रारम्भिक अवस्थामै नियन्त्रण गर्न सक्ने उपकरणलाई अनिवार्य गर्न लागिएको प्रहरीको भनाइ छ । प्रयोगयोग्य अग्निनियन्त्रक यन्त्र नभएका वा सुरक्षा मापदण्ड पूरा नगरेका सवारीलाई कारबाहीको दायरामा ल्याइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?