घरपझोङमा जलवायु सम्मेलनमा चन्द्रागिरि नगरबाट उपप्रमुख बसन्ती श्रेष्ठ सहभागी
काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा हिमाली क्षेत्रमा जलवायु परिवर्तनका असर तथा त्यसबाट हुने विपद जोखिमबारे छलफल गर्न सुरु भएको घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३ मा चन्द्रागिरि नगरपालिकाको तर्फबाट उपप्रमुख बसन्ती श्रेष्ठले प्रतिनिधित्व गर्नुभएको छ । उपप्रमुख श्रेष्ठ आज विहान आयोजित प्रभातफेरी कार्यक्रममा सहभागी हुनुभएको छ ।
सम्मेलनले जलवायु परिवर्तनका असर न्यूनीकरण, स्थानीय तहबीच अनुभव आदानप्रदान तथा विपद् व्यवस्थापनका लागि साझा रणनीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असरसम्वन्धी घोषणापत्र जारी गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?