काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘१३औं बेइजिङ स्याङसङ फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उहाँको अनुपस्थितिमा बलाधिकृत रथी प्रदीपजंग केसीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुने छ ।
प्रधानसेनापतिको यो भ्रमणबाट दुई देशबीचको आपसी सैनिक सम्बन्ध विस्तार हुनुका साथै सैनिक कूटनीतिमार्फत मुलुकको परराष्ट्र नीतिमा योगदान पुग्ने विश्वास लिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?