काठमाडौंं । हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा आवश्यक संरचना निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ ।
हरितालिका तीज भोलि (सोमबार) मनाइँदैछ । तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजाआजा तथा दर्शनका लागि ठूलो सङ्ख्यामा भक्तजन आउने भएकाले मन्दिर परिसरमा आवश्यक तयारी थालिएको हो ।
भक्तजनको सहज आवागमन तथा दर्शनलाई व्यवस्थित बनाउन मन्दिर परिसरमा विभिन्न संरचना निर्माण, सरसफाइ तथा अन्य व्यवस्थापकीय काम भइरहेको छ । भक्तजनको भीडलाई ध्यानमा राख्दै दर्शन तथा पूजाआजाका क्रममा सहज वातावरण बनाउन आवश्यक व्यवस्थापन मिलाउने काम भइरहेको छ ।
हरेक वर्ष तीजको अवसरमा देशका विभिन्न स्थानबाट ठूलो संख्यामा महिला भक्तजन पशुपतिनाथ मन्दिरमा आउने गरेका छन् । तीजका दिन विशेषगरी महिलाहरूले निराहार तथा व्रत बसेर भगवान् शिवको पूजा–आराधना गर्ने धार्मिक परम्परा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?