पुल बगाएपछि रसुवाका प्रभावित गाउँमा ड्रोनमार्फत खाद्यान्न ढुवानी
काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीले त्रिशूली र भोटेकोसी नदीमाथिका पुलहरू बगाएपछि रसुवाका प्रभावित गाउँमा खाद्यान्न पुर्याउन समस्या भएको छ । सडक तथा पुलको पहुँच प्रभावित भएपछि सदरमुकाम धुन्चेबाट ड्रोनमार्फत प्रभावित गाउँहरूमा खाद्यान्न ढुवानी गर्न थालिएको छ ।
जिल्ला विपद् व्यवस्थापन समितिले धुन्चेबाट ठुलोहाकु, हाकुबेँसी, नेसिङ र ग्रेगाउँमा ड्रोनमार्फत खाद्यान्न पठाउने काम भइरहेको छ । बाढीले यातायात सम्पर्क प्रभावित भएपछि तत्काल आवश्यक खाद्यान्न पुर्याउन वैकल्पिक माध्यमका रूपमा ड्रोन प्रयोग गरिएको हो ।
बाढीले नदीमाथिका पुलहरू बगाएपछि प्रभावित बस्तीमा नियमित रूपमा खाद्यान्न तथा अन्य आवश्यक सामग्री पुर्याउन कठिनाइ भएको छ । यस्तो अवस्थामा सडकमार्गबाट सामग्री ढुवानी गर्न नसकिने क्षेत्रमा ड्रोनको प्रयोग गरी आवश्यक खाद्यान्न पुर्याउने व्यवस्था गरिएको हो ।
सदरमुकाम धुन्चेबाट ड्रोनमार्फत खाद्यान्न प्रभावित गाउँसम्म पुर्याउन थालिएपछि बाढीबाट प्रभावित स्थानीयलाई तत्काल आवश्यक खाद्यान्न उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ । ठुलोहाकु, हाकुबेँसी, नेसिङ र ग्रेगाउँमा खाद्यान्न ढुवानी भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
भोटेकोसीको बाढीपछि जिल्लाका विभिन्न क्षेत्रमा भौतिक संरचनामा क्षति पुग्नुका साथै यातायात सम्पर्कसमेत प्रभावित भएको अवस्थामा प्रभावित बस्तीमा राहत सामग्री पुर्याउन ड्रोन प्रविधिको प्रयोग गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?