काठमाडौं । रुकुमपश्चिममा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान सानीभेरी गाउँपालिका–६ स्थित कोटगाउँबाट सदरमुकाम खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जिप वडा नम्बर ३ र ६ को सिमाना डाङडुंगेमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक र एक जना महिला रहेका छन् । उनीहरूको सनाखत हुन बाँकी रहेको छ ।
स्थानीयका अनुसार जिपमा ११ जना सवार थिए । जिपधनी बलबहादुर पुनसहित नौ जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
मृतक र घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?