काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका–६ बस्ने २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना.६ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते चालक थिङलाई प्रदेश अस्पताल दमौलीका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनाबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?