काठमाडौं । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक सञ्जालबाट विच्छेद रहेको रसुवाको उत्तरगया गाउँपालिका–२ का स्थानीयवासीलाई नेपाल रेडक्रस सोसाइटीले आवश्यक खाद्य सामग्री वितरण गरेको छ ।
बाढीले सडक सम्पर्क प्रभावित भएपछि दैनिक उपभोग्य सामग्रीको सहज आपूर्तिमा कठिनाइ भइरहेका बेला रेडक्रसले प्रभावित क्षेत्रमा खाद्य सामग्री पुर्याएको हो । सडक सञ्जालबाट विच्छेद रहेको क्षेत्रमा आवश्यक सामग्रीको अभाव हुन नदिन मानवीय सहयोगस्वरूप खाद्य सामग्री वितरण गरिएको रेडक्रसले जनाएको छ ।
भोटेकोशी नदीमा आएको बाढीले जिल्लाका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित पारेको छ । विशेषगरी सडक सम्पर्क टुटेका बस्तीमा आवतजावत तथा आवश्यक सामग्रीको आपूर्तिमा समस्या देखिएको छ । यस्तो अवस्थामा रेडक्रसले प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराएको हो ।
उत्तरगया गाउँपालिका–२ मा गरिएको खाद्य सामग्री वितरणले बाढीबाट प्रभावित तथा सडक सम्पर्कबाट अलग रहेका स्थानीयवासीलाई तत्कालका लागि राहत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?