काठमाडौं । आज ‘जेनजी’ सहिद दिवस मनाइँदै छ । गत भदौ २३ गते भएको ‘जेनजी’ आन्दोलनपछि मुलुकको राजनीतिक अवस्थामा ठूलो उथलपुथल आएको थियो ।
आन्दोलनका क्रममा तत्कालीन सरकार विघटन भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो ।
आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना तथा सम्मानमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । यही भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले २३ भदौमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?