भोटेकोशी बाढी– त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २ सय ४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।
अस्पतालका अनुसार बाढीमा परेर ज्यान गुमाएकाामध्ये २ सय ४४ शव शिक्षण अस्पतालमा ल्याइएको हो । अस्पतालमा ल्याइएका २ सय ४४ शवमध्ये १ सय ६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ । यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार हाल ५९ वटा शव अस्पतालमै रहेका छन् । केही शवहरुको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?