काठमाडौं । दक्षिणकालीका युवा समाजसेवी कवित कुमार नेपाली विपद् प्रभावित नागरिकहरूको सेवामा निरन्तर खटिरहेका छन् । हाल China Foundation for Rural Development मा कार्यरत नेपालीले यस विषम परिस्थितिमा रसुवा र नुवाकोटका विपद् प्रभावित नागरिकहरूका लागि राहत वितरण तथा टेन्ट निर्माण कार्यमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले नेपाली दिनरात नभनी राहत तथा पुनःस्थापना सहयोगमा जुटिरहेका छन् । प्रभावित क्षेत्रमा पुगेर पीडित नागरिकको अवस्था बुझ्ने, राहत सामग्री वितरण गर्ने तथा अस्थायी टेन्ट निर्माणमा सहयोग गर्ने कार्यलाई उनले निरन्तरता दिइरहेका छन् ।
नेपालमा विपद्का विभिन्न समयमा मानवीय सहयोग गर्दै आएको China Foundation for Rural Development ले यसपटक पनि प्रभावित नागरिकको राहत तथा सहयोगका लागि आफ्नो सक्रियता देखाएको छ । संस्थाको मानवीय सेवाअन्तर्गत रसुवा र नुवाकोटमा प्रभावित नागरिकलाई आवश्यक राहत तथा अस्थायी आवासका लागि सहयोग पु¥याइएको हो ।
विपद्को समयमा सरकारी तथा गैरसरकारी निकायसँगै सामाजिक क्षेत्रका व्यक्तिहरूको सक्रिय सहभागिताले प्रभावित नागरिकलाई तत्काल राहत तथा मनोवैज्ञानिक सहारा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने गरेको छ ।
युवा समाजसेवी नेपालीको सक्रियता पनि मानवीय सेवाप्रतिको युवा पुस्ताको जिम्मेवारी र सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा देखिएको छ । पीडित नागरिकको दुःखमा साथ दिँदै विपद्को कठिन घडीमा निरन्तर सेवामा खटिएका नेपालीले ‘दुःखमा साथ, विपदमा सहारा’ भन्ने मानवीय भावनालाई व्यवहारमा उतारिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?