थाहा–९ मा देउला समाजले निर्माण गरेको महालक्ष्मी मन्दिरको उद्घाटन
काठमाडौं । थाहा नगरपालिका वडा नं. ९ स्थित चित्लाङ्ग श्री महालक्ष्मी सुरचन्द्र भैरवनाथ मन्दिर संरक्षण समितिद्वारा निर्माण गरिएको महालक्ष्मी मन्दिरको उद्घाटन गरिएको छ । थाहा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष राजकुमार बलामीले मन्दिरको उद्घाटन गरेका हुन् ।
उद्घाटनका क्रममा वडा अध्यक्ष बलामीले स्थान उपलब्धतादेखि निर्माण सम्मका विषयमा आएका विभिन्न विवादलाई आफूले समन्वय गरी उक्त स्थानमा महालक्ष्मी मन्दिर निर्माण गर्न सफल भएको बताए । अध्यक्ष बलामीले उक्त स्थानलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आफुले सक्दो सहयोग गर्ने पनि बताएका छन् ।

देउला समाजद्वारा निर्माण गरिएको उक्त मन्दिर चितलाङको प्रशिद्ध पीठ स्वच्छन्द भैरव मन्दिरको ठिक पारिपट्टी अविस्थित छ । देउला समाजले महालक्ष्मीलाई आफ्नो चेलीको रुपमा पूजाआजा गर्दै आएको समितिका अध्यक्ष पूण्यराज देउलाले बताए ।

नवनिर्मित मन्दिर सम्पूर्ण वडा तथा थाहा नगरवासीको भएकोले सबैले अपनत्व हुने गरी पाठ, पूजा र जात्रा सञ्चालन गर्ने समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?