काठमाडौं । त्रिभुवन राजपथअन्तर्गत चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चिसापानी धारा नजिक सडक भासिएपछि यातायात संचालनमा कठिनाइ भएको छ ।
सडक भासिएपछि उक्त क्षेत्रमा अहिले सवारीसाधन एकतर्फी रूपमा संचालन भइरहेको चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिनुभयो ।
केही दिनअघि कृष्णभीरमा पहिरो खसेपछि पृथ्वीराजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । त्यसपछि काठमाडौं आउजाउ गर्ने सवारीसाधनले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ प्रयोग गरिरहेका थिए । यही समयमा नागढुंगा–चिसापानी क्षेत्रमा समेत सडक भासिएपछि काठमाडौं भित्रिने तथा बाहिरिने यातायात थप प्रभावित हुन पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?