काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि चन्द्रागिरि नगरपालिका–१२ मा संचालित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालिले २ लाख ११ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरेको छ । संस्थाले ग्लोबल आइएमई बैंकमार्फत राहत कोषमा रकम हस्तान्तरण गरेको हो ।
प्रालिका संचालक देवेन्द्र प्रधानले विपद्को कठिन समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक दायित्व भएको बताउनुभयो । देश नै पीडामा रहेका बेला आफूले सक्ने सहयोग गर्नुपर्ने मान्यताका साथ संस्थाबाट राहत रकम उपलब्ध गराइएको उल्लेख गर्नुभयो ।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति, संस्था तथा व्यवसायीले सरकारी राहत कोषमा सहयोग गर्ने क्रम बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?