काठमाडौं । मंगल चतुर्थीका अवसरमा भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित प्रसिद्ध सूर्यविनायक गणेश मन्दिरमा पूजापाठ तथा दर्शनका लागि आउने भक्तजनको ठूलो घुइँचो लागेको छ ।
मंगलबार परेको मङ्गल चतुर्थीका दिन बिहानैदेखि सूर्यविनायक गणेश मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको हो । भक्तजनहरू गणेश भगवानको पूजा तथा दर्शनका लागि मन्दिर परिसरमा पुगेका छन् ।
मङ्गल चतुर्थी हिन्दू धर्मावलम्बीका लागि भगवान् गणेशको पूजा–आराधना गर्ने विशेष दिनका रूपमा लिइन्छ । यस दिन गणेशको पूजा गरेमा शुभकार्यमा सफलता, विघ्नबाधा हट्ने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण भक्तजनहरू विभिन्न स्थानबाट सूर्यविनायक मन्दिर पुग्ने गर्छन् ।
सूर्यविनायक गणेश मन्दिर भक्तपुरको प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलमध्ये एक हो । विशेष पर्व तथा चाडपर्वका अवसरमा यहाँ भक्तजनको उल्लेख्य उपस्थिति हुने गरेको छ । मङ्गल चतुर्थीका दिन पनि मन्दिरमा पूजापाठ तथा दर्शन गर्न आउने भक्तजनको संख्या बढेको हो ।
भगवान् गणेशलाई हिन्दू धर्ममा विघ्नहर्ता तथा शुभकार्यका देवताका रूपमा पूजा गर्ने गरिन्छ । कुनै पनि शुभकार्य सुरु गर्नुअघि गणेशको पूजा गर्ने धार्मिक परम्परा भएकाले गणेश मन्दिरमा विशेष दिनमा भक्तजनको भीड लाग्ने गरेको पाइन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?