काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षति तथा प्रभावितको खोजी, उद्धार, राहत र पुनःस्थापनाबारे छलफल गर्न आज सर्वदलीय बैठक बस्दैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने जनाएका हुन् ।
बैठकमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा, अझै सम्पर्कविहीनको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउने उपाय र प्रभावित परिवारलाई राहत तथा पुनःस्थापना गर्ने विषयमा छलफल हुने जनाइएको छ ।
बाढीपछि प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन राजनीतिक दलहरूबीच साझा धारणा बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?