काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा सडक भासिएपछि काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा एलपी ग्यासको आपूर्ति सहज बनाउन उपत्यका बाहिरै ग्यास भर्न थालिएको छ ।
सडक अवरुद्ध हुँदा ग्यास बोकेका बुलेट राजधानीसम्म पुग्न नसकेपछि नेपाल आयल निगमले उद्योगहरूलाई वैकल्पिक व्यवस्थामार्फत ग्यास भर्ने अनुमति दिएको हो । नेपाल एलपी ग्यास उद्योग संघले उपत्यका तथा आसपासका १६ उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर र नवलपरासी पूर्वका उद्योगसँग समन्वय गरेर ग्यास भर्न थालेका छन् ।
बाहिरी जिल्लामा भरिएको ग्यास त्रिभुवन राजपथलगायत वैकल्पिक सडकमार्ग हुँदै काठमाडौं ल्याइनेछ । केही उद्योगले अन्य उद्योगसँग सहकार्य गरी ग्यास भर्नसमेत सुरु गरिसकेका छन् ।
संघले उपत्यका र आसपासका जिल्लामा मुलुकको कुल एलपी ग्यास खपतको ४० प्रतिशतभन्दा बढी माग हुने गर्छ । वैकल्पिक व्यवस्थाबाट आपूर्ति जारी रहेकाले तत्काल ग्यास अभाव नहुने भन्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गरिएको छ ।
कृष्णभीरको सडक कहिले पूर्णरूपमा संचालनमा आउँछ भन्ने निश्चित नभएकाले आपूर्ति व्यवस्थालाई निरन्तरता दिन उद्योगहरूले वैकल्पिक मार्ग र भराइ केन्द्र प्रयोग गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?