काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि काठमाडौं निर्वाचन क्षेत्र नं. १० बाट सुजना श्रेष्ठ महिला खुलातर्फ सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छन् । महिला क्लष्टरबाट ८ जनामध्ये श्रेष्ठले सर्वाधिक ३६५ मत प्राप्त गरेकी हुन् ।
काठमाडौं–१० बाट कांग्रेसको १५औँ महाधिवेशनका लागि विभिन्न समूह तथा समावेशी क्लस्टरबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । तीमध्ये खुला महिलातर्फ श्रेष्ठले सर्वाधिक मत प्राप्त गरेकी हुन् । यो परिणाम कांग्रेसको क्षेत्रीय संगठनमा युवा पुस्ताको उपस्थितिका दृष्टिले समेत उल्लेखनीय मानिएको छ ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि श्रेष्ठले आफूलाई प्राप्त मतलाई जिम्मेवारीका रूपमा लिँदै पार्टी संगठनलाई थप सुदृढ बनाउन काम गर्ने बताएकी छन् । चन्द्रागिरि नगरपालिका वडा नं. ११ निवासी श्रेष्ठ उप–प्रध्यापक तथा नेपाल अध्यापक महासंघको केन्द्रीय सदस्य समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?