कांग्रेस काठमाडौं–१० को क्षेत्रीय सभापतिमा हिमाल कार्की निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नं. १० को क्षेत्रीय सभापतिमा हिमाल कार्की निर्वाचित भएका छन् । कार्कीले ३९० मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी इन्जिनियर दिपेश विष्टलाई पराजित गरेका हुन् । विष्टले २५० मत प्राप्त गरेका छन् ।
यसैबीच, काठमाडौं क्षेत्र नं. १० बाट निर्वाचित केन्द्रीय महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापति तथा सम्पूर्ण पदाधिकारी, बागमती प्रदेश प्रतिनिधि तथा प्रदेशसभा क्षेत्र १० (क) र १० (ख) का सभापतिसहित नवनिर्वाचित सम्पूर्ण पदाधिकारीलाई आज प्रमाणपत्र प्रदान गरिने भएको छ ।
नवनिर्वाचित पदाधिकारी तथा प्रतिनिधिलाई आज साँझ ४ बजे प्रमाणपत्र प्रदान गर्ने कार्यक्रम तय गरिएको कांग्रेसले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?