त्रिशूली–बेत्रावती सडकखण्ड खुलाउने प्रयास अन्तिम चरणमा, एक/दुई दिनमा ट्र्याक खुल्ने
काठमाडौं । बाढी तथा पहिरोका कारण क्षतिग्रस्त बनेको त्रिशूली–बेत्रावती सडकखण्ड पुनः सञ्चालनमा ल्याउने प्रयास अन्तिम चरणमा पुगेको छ ।
उत्तरगया बोर्डिङ स्कुल नजिकै खसेको ठूलो पहिरो पन्छाउन अहिले स्काभेटरको सहायताले ट्र्याक खोल्ने काम तीब्र रुपमा जारी रहेको छ । गल्छी–रसुवागढी सडक योजनाले दिएको जानकारी अनुसार आज वा भोलिभित्रै ट्र्याक पूर्ण रूपमा खुलिसक्नेछ, जसले गर्दा बन्द रहेको यातायात सेवा सुचारु हुने बाटो खुल्नेछ ।
गल्छी–रसुवागढी सडक योजना कार्यालयको नेतृत्वमा नेपाली सेना र सडक विभागका उच्च प्राविधिक तथा दक्ष जनशक्तिले संयुक्त रूपमा अहोरात्र खटिएर काम गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?