काठमाडौं । दोधारा–चाँदनी नदीको झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएको छ । कञ्चनपुरको महाकाली नदीमा अवस्थित उक्त पिल्लरको पुल आज बिहान भाँचिएको हो ।
भीमदत्तनगरपालिका र दोधारा–चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भाँच्चिएपछि आवगमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका अनुसार पुलको करिब छ मिटर भाग मर्मत गर्नुपर्ने भएको छ भने आवागमन रोकिएपछि आवत जावतमा समस्या भएको छ ।
सो क्षेत्रमा अहिले प्रहरी टोली परिचालन गरिएको छ । दुईदशकअघि बनेको झोलुङ्गे पुल बनेपछि दोधारा–चाँदनी भौगोलिक रुपले मुलुकको मुलधारसित जोडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?