नेपाली कांग्रेस महाधिवेशन–काठमाडौं–१० (ख) को सभापतिमा बानियाँ र सचिवमा मानन्धर विजयी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नं. १० को प्रदेश सभा क्षेत्रीय कार्यसमिति ‘ख’ को सभापतिमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित भएका छन् । प्रदेश सभा क्षेत्रीय कार्यसमितिको सभापति पदका लागि भएको निर्वाचनमा बानियाँले १ सय ८ मतसहित निर्वाचित भएका हुन् ।
त्यस्तै, ८४ मतसहित उपसभापति पदमा ललिता देवी चौधरी र ९३ मतसहित श्यामकृष्ण मानन्धर सचिवमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँ–नगर तथा प्रदेश सभा क्षेत्रीय तह हुँदै प्रतिनिधिसभा क्षेत्रीय, जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशनको प्रक्रिया अघि बढाएको छ ।
काठमाडौं–१० ‘ख’को निर्वाचनबाट क्षेत्रीय कार्यसमितिको नेतृत्व चयन भएसँगै १५औँ महाधिवेशनअन्तर्गत उक्त क्षेत्रमा प्रदेश सभा क्षेत्रीय तहको नेतृत्व चयन प्रक्रिया पूरा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?