छोरी कुटेर बुहारी तर्साउन खोजे सरकारलाई नै घातक : संयोजक दाहाल
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले विशिष्ट व्यक्तिहरूलाई विनाकारण पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
संघीय संसद भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक दाहालले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ शैलीमा सरकार अघि बढ्न खोजे त्यसको परिणाम सरकारकै लागि घातक हुने बताएका हुन् ।
यस्ता घटना दोहोरिन नदिन उनले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । सुरक्षा थ्रेटको कारण देखाएर पक्राउ गरिएको विषय सामान्य नागरिकले समेत बुझ्ने किसिमको बहाना भएको दाहालको दाबी थियो । साँच्चिकै सुरक्षा जोखिम रहेको भए पक्राउ गर्नुभन्दा घरमै सुरक्षाकर्मी बढाउनुपर्ने उनको तर्क छ ।
संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले समसामयिक विषयमा स्वाभाविक रूपमा धारणा राखेको बताउँदै दाहालले प्रधानमन्त्रीले महासभामा अहिले बोल्नुपर्ने विषय नै उठाएको भन्दै त्यसलाई अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको टिप्पणी समेत गरे । प्रधानमन्त्री बालेनको ठाउँमा जो भए पनि त्यही विषय उठाउने दाहालको तर्क थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?